Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न रिलायन्स फाइनान्सले बोलायो साधारण सभा

अर्थ संसार

बुधबार, २५ चैत्र २०७७, ०८ : ५० मा प्रकाशित

लाभांश पारित गर्न रिलायन्स फाइनान्सले बोलायो साधारण सभा

रिलायन्स फाइनान्स लिमिटेडले एक सार्वजनिक सूचना निकाल्दै आफ्नो एघारौँ साधारण सभा डाकेको छ।  फाइनान्सले बैशाख २२ गते, लैनचौर बैंक्वेट, लैनचौरमा एघारौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा भर्चुअल माध्यमबाट सञ्चालन गर्ने फाइनान्सले जनाएको छ।

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुल चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्ताव लिएर आएको छ। 

साथै, अन्य उपयुक्त बैंक तथा वित्तीयसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अगाडी सारेको छ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले बैशाख १० गते एक दिनको लागि बुकक्लोज मिति तय गरेको छ जसअनुसार  अनुसार बैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता र  लाभांश प्राप्त गर्नेछन। 

 

606d23a488738.png 606d23a759e07.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको