Like us!
Follow us!
Connect us!
Watch us!

पुँजी बजार चल्ने नै बिश्वासले होः तुलसी राम ढकाल,उपाध्यक्ष नेपाल इन्भेस्टर फोरम

लगानीकर्ताको आवाज

विहीबार, २६ चैत्र २०७७, १० : ४१ मा प्रकाशित

नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष एबम् सेयर बिष्लेशक तुलसी राम ढकाल लामो समय देखि सेयर बजारमा सक्रिय रुपमा कारोबार गर्दै आइरहेका लगानीकर्ता हुन् । बजारमा केहिहद सम्म अनुशासनहिनता बढेको कुरामा सहमत हुँदै उनले सेयर बजार भनेको बिश्वासले चल्ने बजार रहेको बताएका हुन् । 
 

सबै लगानीकर्ता संघ सस्थाहरुको उद्देश्य नै पुँजी बजारको हकहित र विकास नै भएकाले लगानीकर्ता संघहरुको मर्जरका लागि आफुहरु सधै तयार रहेको भन्दै उनले लगानीकर्ताहरु छरिनु भन्दा पनि एकिकृत भएर बलियो बनेर लगाडी बढ्न सकेमा त्यो बढि प्रभावकारी हुनसक्ने उनको तर्क छ । 

नेपालको पुँजी बजारको विकासका लागी गर्नुपर्ने योगदानमा नियमक निकाय चुकेको उनको आरोप छ । मेरो सेयरमा र टिएमएसमा विभिन्न समयमा समस्या आउँदा पनि त्यसबाट लगानीकर्ताहरु नै पिडित भइरहेको भन्दै उनले लगानीकर्ता बढेसंगै सिस्टम पनि विकास गर्दै जानुपर्ने उनको विचार छ । 

बजारमा जब जब कारोबारको भोलुम बढ्छ त्यहि समयमा टिएमएसमा समस्या आँउदा लगानीकर्ता हैरान भएको भन्दै उनले लगानीकर्ताले चाँहेको समयमा बिना कुनै समस्या सेयर किन्न र बेच्न पाउनुपर्ने बताए । 

बेला बेलामा सिस्टममा आउने समस्याका कारण लगानीकर्ताहरुले क्षती व्यहोर्न परेको भन्दै उनले यसको सम्पुर्ण क्षतिपूर्ति नियामक निकायले ब्यहोर्नु पर्ने बताए । नेप्सेमा आउने समस्याको दिर्घकालिन समस्याको समाधान नहुँदा लगानीकर्ताको लगानी माथि नै खेलवाड भएको उनको भनाई छ ।  

मौद्रिक तरलता बढि हुनु,कोरोनाका कारण लगानीका अन्य क्षेत्रहरु बन्द हुनु,बैंकिङ ब्याजदर पनि न्यून हुनुका कारण पनि नेपालको सेयर बजार अहिलेको अवस्थामा पुगेको भन्दै उनले नेपालको सेयर बजार अझै उकालो लाग्ने प्रसस्त कारणहरु रहेको बताए ।

सेयर बजारमा प्रवेश गर्दा कम्तीमा पनि सामान्य अध्ययन गरेरमात्र दोस्रो बजारमा प्रबेश गर्नुपर्ने भन्दै उनले नयाँ लगानीकर्ताहरुले पहिले आईपीओमा लगानी गरेर केहि बुझेर अध्ययन गरेर मात्र दोस्रो बजारमा प्रवेश गर्नु पर्ने बताए । 

सेयरबजारमा लगानी गर्नेहरुले ठुला लगानीकर्ताहरुले साना लगानीकर्ताहरुलाई फसाय भन्नु गलत धारणा भएको भन्दै उनले लगानीकर्ताले आफ्नो क्षमता अनुसार लगानी गर्ने भन्दै कोहि पनि ठुलो वा सानो नहुने उनको तर्क छ । कम्पनीका बारेमा राम्रो अध्ययन गरेर मात्र कम्पनीमा लगानी गरेमा कसैले कसैलाई पनि फसाउन नसक्ने उनको तर्क छ । 

उनै सेयर विश्लेषक एबं इन्भेष्टर फोरम नेपालका उपाध्यक्ष तुलसी राम ढकालसंग गरिएको कुराकानी भिडियो सहितः


  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको