Like us!
Follow us!
Connect us!
Watch us!

यो बर्ष १८ कम्पनीको आईपिओ जारी, कुन आईपिओबाट कति मुनाफा ?

कृष्ण भट्टराई

मंगलबार, ३१ चैत्र २०७७, १६ : १५ मा प्रकाशित

यो बर्ष १८ कम्पनीको आईपिओ जारी, कुन आईपिओबाट कति मुनाफा ?

आईपिओमा नयाँ लनागीकर्ता भित्रिएको हिसाबले यो बर्ष २०७७ लाई आइपिओका लागि स्वर्णिम युग मान्न सकिन्छ । केहि समय पहिलेसम्म पनि १० लाखभन्दा कम संख्यामा रहेका डिम्याट खाताको संख्या अहिले ३३ लाख नाघिसकेको छ ।

बजारमा यो एक बर्ष जति नयाँ लगानीकर्ताहरु भित्रिए त्यसै अनुपातमा अहिले बजार पनि बढिरहेको छ । अघिल्लो बर्ष नेपाल पुनर्बिमा कम्पनीले चैत्र २६ गते निष्काशन गरेको आइपिओमा ३ लाख ९१ हजार ६ सय २६ जनाको मात्र आवेदन परेको थियो ।

पछिल्लो समय सबैभन्दा बढी आवेदन ज्योति लाईफ इन्स्योरेन्सको आईपिआमा परेको छ । कम्पनीको आइपिओमा १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन गरेका थियो । यो एक महिनामा सेयर आवेदकहरुको संख्या करिब ५ गुणाले बढेको छ । 

यो करिब एक बर्षको जम्मा १९ वटा कम्पनीको आईपिओ जारी भएको जस मध्य १६ वटा कम्पनीको दोस्रो बजारमा कारोबार भइरहेको छ भने १ कम्पनीको सेयर लिस्टिङको काम भइरहेको छ भने २ कम्पनीको कारोबार २०७८ सालमा मात्र सुरु हुने देखिन्छ ।  

यो बर्ष जारी भएका आइपिओबाट लगानीकर्ताहरुले के कति मुनाफा हासिल गरे त ?

१.अजोड इन्स्योरेन्सः कम्पनीले असार २५ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।असारमा कम्पनीको सेयरमा हजार रुपैयाँ लगानी गर्ने लगानीकर्ताहरूले अहिलेसम्म ८ गुणा प्रतिफल हासिल गर्न सफल भएका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ९०० रुपैयामा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने २ लाख ९३ हजार लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए । 

२.रिलायन्स लाइफ इन्स्योरेन्सः कम्पनीले भाद्र ४ गतेबाट १०० अंकित मूल्यका ५६ लाख ३० हजार कित्ता सेयर सवसाधारणका लागि जारी गरेको थियो । भाद्र महिनामा कम्पनीको सेयरमा १००० रुपैयाँ लगानी गर्ने लगानीकर्ताहरुको सेयर मूल्य बढेर अहिले ७००० भन्दामाथि पुगिसकेको छ । कम्पनीको लगानीबाट लगानीकर्ताहरुले ६०० प्रतिशतभन्दा बढी मुनाफा हासिल गर्न सफल भएका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ७२८ रुपैयामा कारोबार भएको हो । यो कम्पनीको आइपिओमा आवेदन दिने ५ लाख ६३ हजार लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए । 

३.लिबर्टी इनर्जीः कम्पनीले भाद्र ४ गतेबाट १०० अंकित मूल्यका ३५ लाख ५० हजार कित्ता सेयर सवसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आईपिओमा गरेको लगानीबाट लगानीकर्ताले करिब २०० प्रतिशत मुनाफा कमाएका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ३०३ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने सबै लगानीकर्ताले अधिकतम २० कित्ता र न्यूनतम १० कित्ताका दरले सेयर हात पारेका थिए । 

४.एनआइसी एसिया लघुबित्तः कम्पनीले असार १० गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ४७ लाख ५५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । कम्पनी मर्जमा गएकाले केहि महिना कम्पनीको सेयर कारोबार रोक्का भएर हालै मात्र कारोबार फुकुवा गरिएको हो । हो यस कम्पनीको आईपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले हालसम्म करिब १५०० प्रतिशत मुनाफा हासिल गर्न सफल भएका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर १६९९ रुपैयाँमा कारोबार भएको छ ।  यो कम्पनीको आइपिओमा आवेदन दिने ४ लाख ७५ हजार ५ सय लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए । 

५.सानीमा जनरल इन्स्योरेन्सः कम्पनीले असोज २१ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले ६९० प्रतिशतभन्दा बढी मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ७९७ रुपैयामा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने २ लाख ७३ हजार लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए । 

६.एनआरएन इन्फ्रास्ट्रक्चरः कम्पनीले साउन १६ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६० हजार १८३ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले ४०० प्रतिशतभन्दा बढी मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ५१५ रुपैयामा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ३ लाख १६ हजार १५ जना लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका थिए भने ३ जना लगानीकर्ताहरुले भने ११ कित्ता सेयर हात पारेका थिए । 

७.माउन्टेन इनर्जीः कम्पनीले कार्तिक २६ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ३० हजार २६५ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब ७३० प्रतिशत मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ८३३ रुपैयामा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य १ लाख ८३ हजार २१ जना लगानीकर्ताहरुले समान १० कित्ता र ५ जना लगानीकर्ताहरुले ११ कित्ताका दरले सेयर हात पारेका थिए । 

८.जनरल इन्स्योरेन्सः कम्पनीले असोज १४ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब ६४० प्रतिशत मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ७४१ रुपैयामा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य २ लाख ७३ हजार लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए । 

९.साधना लघुबित्तः कम्पनीले असार २१ गते बाट १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७ हजार ८०० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब १५४० प्रतिशत मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर १४४० रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ७ हजार ७ सय ८० जना लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए । 

१०.युनाईटेड इदी मार्दीः कम्पनीले मंसिर ३ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ८ लाख १२ हजार ८३६ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब २०० प्रतिशत मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर २९७ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ८१ हजार २ सय ८३ जना लगानीकर्ताले समान १० कित्ता र ३ जनाले ११ कित्ताका दरले सेयर हात पारेका थिए । 

११.प्रभु लाईफ इन्स्योरेन्सः कम्पनीले मंसिर २९ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ५४ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब ७०० प्रतिशत भन्दा बढि मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ८०० रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ५ लाख ४ हजार लगानीकर्ताले समान १० कित्ताका दरले सेयर हात पारेका थिए । 

१२.चन्द्रागिरी हिल्सः कम्पनीले पुष २४ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ३४ हजार ९१ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब २३८० प्रतिशत भन्दा बढि मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर २४८५ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य १ लाख ५३ हजार ४०८ जनाले समान १० कित्ता र १ जना लगानीकर्ताले ११ कित्ता सेयर हात पारेका थिए । 

१३. नेपाल इन्फ्रास्ट्रक्चर बैंकः कम्पनीले माघ २ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब ५०० प्रतिशत मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ५८३ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा ५० कित्ता भन्दा बढि आवेदन दिने सबे लगानीकर्ताहरुले न्यूनतम ५० कित्ता र अधिकतम ६० कित्ता सम्म सेयर हात पारेका थिए । 

१४. ग्रिन लाईफ हाइड्रोपावर कम्पनीः कम्पनीले माघ २३ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब २९० प्रतिशत भन्दा बढि मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ३९७ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ३ लाख २५ हजार १६३ जनाले समान १० कित्ता र २ जना लगानीकर्ताले ११ कित्ता सेयर हात पारेका थिए । 

१५. महिला लघुबित्त बित्तिय संस्थाः कम्पनीले माघ ३० गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब १००० प्रतिशत मुनाफा हासिल गरेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर १०९९ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ३७ हजार ५०० जनाले समान १० कित्ता र १ जना लगानीकर्ताले ११ कित्ता सेयर हात पारेका थिए । कम्पनीको सेयरको माग दोस्रोबजारमा उच्च संख्यामा हुँदापनी आपुर्ति नहुँदा कम्पनीको सेयरमूल्य बृद्धि हुन सकेको छैन । 

१६.ज्योति लाईफ इन्स्योरेन्सः कम्पनीले फागुन २६ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरुले करिब ४१० प्रतिशत भन्दा बढि मुनाफा हासिल गरिसकेका छन् । आज धितोपत्र बजारमा कम्पनीको सेयर ५१४ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ५ लाख ९४ हजार जनाले समान १० कित्ता कित्ता सेयर हात पारेका थिए । कम्पनीको सेयरको माग दोस्रोबजारमा उच्च संख्यामा हुँदापनी आपुर्ति नहुँदा कम्पनीको सेयरमूल्य बृद्धि हुन सकेको छैन । 

यसै बर्ष सिगटी हाइड्रोपावर कम्पनी लिमिटेड र रुरु जलबिद्युत आयोजनाले पनि आइपिओ जारी गरिसेका छन् । 

सिंगटी हाइड्रोको आईपिओको बाँडफाँड सम्पन्न भइसकेको छ भने रुरु जलबिद्युत आयोजनाको आईपिओको सेयर बाँडफाँड हुन अझै बाँकी छ । रुरु जलबिद्युत आयोजनाको सेयर बाँडफाड र कारोबार भने २०७८ सालमा मात्र हुन भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको