Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबीएल एस क्यापिटलद्धारा सचेतनामुलक कार्यक्रम सचांलन

अर्थ संसार

विहीबार, ०२ बैशाख २०७८, १२ : ४२ मा प्रकाशित

एनआईबीएल एस क्यापिटलद्धारा सचेतनामुलक कार्यक्रम सचांलन

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको र एनआईबीएल म्युचुअल फण्डको कोष व्यवस्थापक र डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड द्वारा नेपालमा के.फ.सी., पिजा हट र क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन सन्चालन गरिरहेको देवयानी इन्टरनेशनल नेपाल प्रा.लि का दरबारमार्ग, थापाथली (ब्लुबर्ड मल), लाबिम मल , ठिमि, बौद्द, महाराजगंज र पोखरा शाखाका कर्मचारीहरुलाई सामूहिक लगानी कोष सम्बन्धी विशेष सचेतनामुलक कार्यक्रम र तालिम सचांलन गरेको छ ।

सामूहिक लगानी कोष नियमावली २०६७ को कार्यान्वयन पश्चात नेपालकै पहिलो खुलामुखी योजना तथा अन्य दुई बन्दमुखी योजना संचालन गरिरहेको यस क्यापिटल द्वारा सञ्चालित सो विशेष कार्यक्रम मार्फत उक्त कम्पनिका कर्मचारीहरुले सामूहिक लगानी कोष सम्बन्धि विस्तृत जानकारी पाउनुका साथै पूंजीबजार संग सम्बन्धित अन्य विषयको समेत जानकारी प्राप्त गरेका छन् । 

यसका साथै एनआईबिएल एस क्यापिटल लिमिटेडले आगामि दिनहरुमा पनि यस्ता जनचेतनामुलक कार्यक्रमका साथै विभिन्न तालिमहरु संचालन गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको