रुरु जलविद्युत् परियोजना लिमिटेडले जारी गरेको आईपीओको आज बाँडफाँड सम्पन्न भएको छ । आईपिओ नतिजा अब सजिलै हेर्न सकिने विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । आईपिओ बाँडफाँड बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय नक्सालमा सम्पन्न भएको थियो ।
गोलाप्रथाबाट बाँडफाँड हुँदा आईपीओको लक्की नम्बर ७ र ८ रहेको छ । कम्पनीले चैत्र २० गतेदेखि चैत्र २४ गते सम्म निश्कासन गरेको आईपीओमा १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन परेको छ । यो सर्वसाधारणका लागि निष्कासन गरिएको भन्दा ६१.६५ गुणा बढी हो ।
अन्तिम तथ्यांकलाई हेर्दा ग्रोलाप्रथाबाट वितरण गर्दा ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी ९८ प्रतिशत भन्दा धेरै अर्थात् १६ लाख ३१ हजार ६४९ जना भन्दा धेरै आवेदकको हात खाली हुनेछ ।
कम्पनीले सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।
कसरी हेर्ने नतिजा ?
कम्पनीको आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको www.iporesult.cdsc.com.np नामक वेभसाइटबाट हेर्न सकिनेछ । यसका साथै, निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र रुरु जलबिद्युत परियोजना लिमिटेडको वेभसाइटबाट पनि नजिता हेर्न सकिनेछ ।
यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूको गोपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन गर्न नपाउने नियम बनाएको हो ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस