Like us!
Follow us!
Connect us!
Watch us!

दृष्टिविहीनको १० वर्षे सेयर यात्रा : बैंक र नेप्से बाधक, नियामक निकाय मूकदर्शक !

लगानीकर्ताको आवाज

विहीबार, ०२ बैशाख २०७८, ११ : १६ मा प्रकाशित

शिक्षाशास्त्र संकायमा स्नातक गरेका मुकुन्द चालिसे पुर्ण रुपमा दृष्टिबिहिन व्यतिm हुन् उनि नेपाल पुँजी बजार लगानीकर्ता संघका रुपन्देही जिल्ला संयोजक पनि हुन् । कन्ट्रि डेभलपमेन्ट बैंकको आईपिओमा आवेदन दिएर पहिलोपटक सेयर बजारमा प्रवेश गरेका उनि १० बर्ष देखि निरन्तर नेपालको पुँजीबजारमा लगानी गर्दै आईरहेका छन् । 

पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दा बैंकमा काम गर्ने सहपाठी मित्रको पे्ररणाका कारण सेयर बजारमा प्रवेश गरेका उनि अहिले पुर्णकालिन रुपमा सेयर कारोबार गर्दै आइरहेकाछन् । आफु सेयरबजारमा गरेको लगानीबाट प्राप्त प्रतिफलबाट पुर्णरुपमा सन्तुष्ट रहेको बताउछन् । 
आफुहरु दृष्टिबिहिन भएकै कारण बैंक तथा बित्तिय संस्थाहरुले कनेक्ट आईपिएसको अनुमती दिन हिच्किचाउने गरेको तितो अनुभव छ उनिसंग । अहिले नेपालमा विकास भएको अनलाईन कारोबार प्रणाली आफुहरु जस्ता वर्गका लागि त्यति मैत्रीपुर्ण नभएको भन्दै सम्बन्धित निकायलाई परिमार्जनका लागि अनुरोध गरे । 

अहिले नेपालको बजार बुलिस ट्रेन्डमा रहेको भन्दै उनले कोरोनका कारण लगानीका अन्य क्षेत्र बन्द हुनु र मौद्रिक तरलता बढेका कारण पनि नेपालको बजार उच्च बिन्दुमा पुग्न सफल भएको उनको तर्क छ । नेपालको बजारमा अहिलेपनि इन्साइडर ट्रेडिङजस्ता अपराधिक कार्यहँुदा समेत नियामक निकायले कारवाही गर्न नसक्नु दर्भाग्पुर्ण रहेको उनको तर्क छ । 

नेपालमा अहिले १० कित्ते प्रणलीको खारेजीको चर्चा चलिरहेको भन्दै उनले यदी यस्तो भएमा त्यो आम लगानीकर्ताहरुका लागि कुठारघात हुने उनको तर्क छ । १० कित्ते प्रणलीमा केहि समस्या देखियको कुरामा सहमत हुँदै उनले १० कित्ते प्रणलीको खारेजी नै यसको समाधान भनएको भन्दै उनले समाधानका अन्य बिकल्पहरु खेजिनुपर्ने उनको सुझाव छ । 

बजारमा फैलिएको हल्लाका पछि नलागनी कम्पनीका बारेमा बृहत अध्ययन गरेर मात्र कम्पनीमा लगानीगर्नु पर्ने उनको सुझाव छ । अहिले सम्म सेयरमा गरेको लगानीबाट प्राप्त मुनाफाबाट आफु सन्तुष्ट रहेको बताउछन् उनि । 

सेयरमा गरेको लगानीलाई अनउत्पादनमुलक क्षेत्रको लगानी भन्ने कुरामा आफु सहमत नरहेको भन्दै बरु सेयरकै कारण छरिएर रहेको पुँजी एकिकृत गरेर विकास निर्माणमा लगाउन सकिने उनको तर्क छ ।

जोखिम बहन गर्न नचाँहाने लगानीकर्ताहरुले डिबेन्चर र म्युचअल फन्डमा र जोखिम बहन गर्न चाहाने लगानीकर्ताहरुले भने सेयरमा लगानीगर्नुपर्ने उनको भनाई छ । सबै बर्ग,क्षेत्र र पेसाका मानिसले सेयर बजारमा लगानी गर्न सक्ने भन्दै उनले धैर्यता र जोखिम बहन गर्न सक्ने क्षमता भएका मानिसले मात्र सेयर बजारमा लगानीगर्नु पर्ने उनको तर्क छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको