Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढ्यो सेयर बजार, ६ कम्पनीको सेयर सर्किट लेभलमा

अर्थ संसार

विहीबार, ०९ बैशाख २०७८, १५ : २५ मा प्रकाशित

दोहोरो अंकले बढ्यो सेयर बजार, ६ कम्पनीको सेयर सर्किट लेभलमा

साताको अन्तिम दिन आज (बिहिबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर बजारमा दोहोरो वृद्धि देखिएको हो । आज सेयर कारोबार मापक (नेप्से) परिसूचक १५.८० अंकले बढेर २६४८ को बिन्दुमा पुगेको छ ।  आज नेप्से ०.६० प्रतिशतले बढेको हो । 

आइतबार र सोमबार लगातार गिरावट आएको सेयर बजारमा मंगलबार थोरै सुधार आएको थियो । बुधबार बजारले पुन: ओरालो यात्रा तय गरेको थियो  छ । साताको अन्तिम दिन आज सेयर बजारमा उत्साह देखिएको हो ।  आज बजारमा धेरै उतारचढाव देखिएपनि अन्ततः बन्द हुँदा बढेको छ । 

आज सेन्सेटिभ परिसूचक ३.२१ अंकले बढेर ४७६ को बिन्दुमा पुगेको छ ।  बिहिबार कूल २१४ वटा कम्पनीको एक करोड ३० लाख ३२ हजार ८२३ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८८ रुपैयाँ बराबरको कारोबार भएको छ । 

कूल १३ उपसमूहमध्ये ११ वटा समूहको सेयरमूल्य बढेको छ भने बाँकि २ समूहको सेयर घटेको छ । 

आज नेपाल कमर्स एण्ड क्रेडिट बैंकले सर्वाधिक कारोबार गरेको छ ।  बैंकले ६२ करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । 

त्यस्तै आज ६ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये  दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  आज विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।  अन्य ४ कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

त्यसैगरी, आज हिमालय उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । 

6081466051260.jpg 60814663cba73.JPG 6081466755383.JPG 6081466b1b8cf.JPG 60814671a808c.JPG 60814671d9bd9.JPG 608146720dfa7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको