Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैक मलेखु शाखाको भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न

अर्थ संसार

शुक्रबार, १० बैशाख २०७८, १० : १५ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैक मलेखु शाखाको भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैक लिमिटेड मलेखु शाखाले प्रधान कार्यालय बालुवाटार काठमाण्डौ द्धारा पढाइएको नयाँ बर्ष २०७८ सालको भित्ते पात्रो बिमोचन गरिएको छ । 

शाखा कार्यालय मलेखुको परिसरमा बेनिघाट रोराङ्ग गा.पा. वडा न.३ का अध्यक्ष भुवन त्रिपाठीको प्रमुख आतिथ्यमा,इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख तथा प्रहरी नायव उपरिक्षक युवराज खड्का प्रहरी उपरिक्षक भोजराज पाण्डे बागेश्वरी बचत तथा क्रृण सहकारी सस्था लि.का ब्यबस्थापक बिमल दनै लगाएत अन्य संघसंस्थाहरुको प्रमुख एंबम प्रतिनिथीहरुको उपस्तिथीमा सामाजिक दुरी कायम गर्दै बिमोचन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा स्वागत मन्तब्य शाखा मलेखुकै कर्मचारी सिमान्त ढुङ्गानाले गर्नुभएको थियो । प्रमुख अतिथी त्रिपाठीले मलेखु बजारमा यस बैक आएर धेरै सामाजिक उत्तरदायित्वको काम गरेर सबैको मनमा बस्न सफल भएकोमा बधाई दिदै नया बर्ष २०७८ को उत्तरउत्तर प्रगतिको शुभकामना दिनुभयो ।

उक्त कार्यक्रमको सहजीकरण साग्रिला डेभलपमेन्ट बैक लि.शाखा कार्यालय मलेखुका शाखा प्रमुख गौरब काफ्लेले गर्नुभएको थियो भने आप्mना भगवानरुपी ग्राहक तथा यस क्षेत्र भित्रका जनसमुदाय सबैलाई भित्ते पात्रो ब्यापक रुपमा वितरण गरि सामाजिक दयित्व पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रमको बिचमा उहाले नया बर्ष २०७८ सालको सबैमा शु स्वास्थ्य दिर्घायु तथा प्रगतिको कामना गर्दै कोभिडले फेरि पनि भयाबह रुप लिन सक्ने हुदा यसबाट बच्न स्वास्थ्य सावधानी अपनाइ सकेसम्म डिजिटल बैकीङ्गको प्रयोग गर्न अनुरोध समेत गर्नुभयो ।    
 

60824ee487695.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको