एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टीले २०७७ साल चैत्र मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।
चैत्र मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १७ रुपैयाँ ५७ पैसा पुर्याएकाे छ । उक्त मूल्य फागुन मसान्तकाे तुलनामा १ रुपैयाँ २ पैसाले धेरै हाे । फागुन मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ ३७ पैसा रहेकाे थियो ।
त्यसैगरी, चैत्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी एक अर्ब ३७ करोड १२ लाख ९ हजार १९४ रुपैयाँ पुगेकाे छ । उक्त लगानी फागुन मसान्तकाे तुलनामा ११ करोड ९३ लाख ५९ हजार ५८० रुपैयाँले धेरै हाे । फागुन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा एक अर्ब २५ करोड १८ लाख ४९ हजार ६ सय १४ रुपैयाँ लगानी गरेकाे थियाे ।
त्यस्तै, एनएमबि म्युचुअल फण्डले विभिन्न प्रकारका ४८ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ ।
फण्डले सार्वजनिक गरेकाे चैत मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस