Like us!
Follow us!
Connect us!
Watch us!

समता लघुवित्तको नाफा ९५.०३ प्रतिशतले बढ्यो, ईपीएस कति ?

अर्थ संसार

शनिबार, ११ बैशाख २०७८, ११ : ०२ मा प्रकाशित

समता लघुवित्तको नाफा ९५.०३ प्रतिशतले बढ्यो, ईपीएस कति ?

समता लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ९५.०३ प्रतिशतले धेरै हो। गत वर्षकाे यही अवधिमा संस्थाले ३ कराेड ३८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाकाे सञ्चालन मुनाफा पनि ९५.०३ प्रतिशतले नै बढेर १ अर्ब भन्दा माथी पुगेकाे छ ।  गत वर्षकाे यही अवधिमा संस्थाकाे सञ्चालन मुनाफा ५३ कराेड १८ लाख रूपैयाँ मात्र थियाे । त्यसैगरी,  तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ६१.३० प्रतिशतले बढेकाे छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी २२ कराेड ९३ लाख ४० हजार रुपैयाँ र जगेडा कोषमा १३ कराेड ५० लाख ११ हजार रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३८ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७६ पैसा रहेको छ।

संस्थाले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

6083adac5ac91.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको