Like us!
Follow us!
Connect us!
Watch us!

घटेको बजारमा यी कम्पनीको सेयर लगानीकर्ताको रोजाइमा

अर्थ संसार

आइतबार, १२ बैशाख २०७८, १५ : ४९ मा प्रकाशित

घटेको बजारमा यी कम्पनीको सेयर लगानीकर्ताको रोजाइमा

साताकाे पहिलाे दिन आज (आइतबार) सेयर बजार राताम्य देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ मा पुगेकाे छ । नेप्से २.८६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १२.५६ अंकले घटेर ४६४.०५ मा पुगेको छ ।

सेयर बजारमा भारी गिरावट आउँदा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वाधिक कारोबार गरेको छ । बैंकले ३९ करोड ५२ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

त्यसैगरी, ज्योति लाइफ इन्स्योरेन्स, उप्पर तामाकोशी हाइड्रोपावर, नबिल बैंक लिमिटेड, एनआईसी एशिया बैंक, कुमारी बैंक लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोषले सबैभन्दा बढी कारोबार गरेको छ ।

60853f4f3a480.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको