Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई लघुवित्तको अधिकांस सुचकमा चमक, कति पुग्यो ईपिएस  ?

अर्थ संसार

सोमबार, १३ बैशाख २०७८, ०७ : २९ मा प्रकाशित

ग्लोबल आईएमई लघुवित्तको अधिकांस सुचकमा चमक, कति पुग्यो ईपिएस  ?

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १४९.९० प्रतिशतले बढि हो । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ९३.८७ प्रतिशतले बढेर २५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी,  तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ८४.८१ प्रतिशतले बढेर ३२ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३३ करोड ८ लाख रुपैयाँ र जगेडा कोषमा २७ करोड ८१ लाख रुपैयाँ रहेको छ । संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८५ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ४ पैसा रहेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको