Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ ल्याएको ज्योति लाइफको नाफासँगै अधिकांश सूचकमा चमक

अर्थ संसार

सोमबार, १३ बैशाख २०७८, १२ : १३ मा प्रकाशित

भर्खरै आईपीओ ल्याएको ज्योति लाइफको नाफासँगै अधिकांश सूचकमा चमक

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्म आइपुग्दा १२ करोड ७ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ४.८९ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले ११ करोड ५१ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब २१ करोड ९ लाख ७७ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा १००.९७ प्रतिशतले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले १ अर्ब १० करोड एक लाख ७४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे बिमा कोषको आकार पनि १४८.९५ प्रतिशतले  बढेर ३ अर्ब ४९ करोड ६७ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षकाे यही अवधीमा कम्पनीकाे बिमा कोषमा १ अर्ब ४० कराेड ४५ लाख ८९ हजार रुपैयाँ थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ र जगेडा कोषमा ६० करोड ४ लाख ८७ हजार रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिसेयर आम्दानी ७ रूपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ३३ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

608663c36bf12.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको