नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा ६३.०२ प्रतिशतले बढेर १ अर्ब ६३ करोड हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ५०  हजार खुद नाफा आर्जन गरेको थियो । 
बैंकको वितरणयोग्य मुनाफा भने ९८ करोड ३२ लाख रुपैयाँ रहेको छ।  बैंकको सञ्चालन मुनाफा २ अर्ब २८ करोड रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ५६.४१ प्रतिशतले बढी हो। गत वर्ष यस्तो मुनाफा १ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो।
त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी भने ७.३५ प्रतिशतले बढेर १ अर्ब ९८ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्षको सोहि अवधिसम्म यस्तो आम्दानी २ अर्ब १४ करोड रुपैयाँ रहेको थियो। 
हाल चुक्ता पूँजी ९ अर्ब रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ४६ पैसा रहेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस