एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ ।
मंगलबार सार्वजनिक गरेको उक्त वित्तीय विवरणअनुसार बैंकको खुद नाफामा ३५.९३ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब ३५ करोड नाफा कमाएको बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा घटेर १ अर्ब ५० करोड कायम भएको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी ३४.२५ प्रतिशतले घटेर २ अर्ब ८४ करोड कायम भएको छ । 
 हाल ८ अर्ब ९३ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ९ अर्ब ४१ करोड रहेको छ । यस्तै, बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३५ रुपैया ११ पैसा रहेको छ । 
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस