आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । हिजाे साेमबार सुनकाे मूल्य स्थिर रहेकाे थियाे ।
मंगलबार छापावाला सुनको मूल्य ताेलामा एक सय रुपैयाँले घटेर प्रतिताेला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
त्यस्तै, तेजावी सुनको मूल्य पनि ताेलामा एक सय रुपैयाँले घटेर आज ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । 
त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस