Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली, १० कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा

अर्थ संसार

मंगलबार, १४ बैशाख २०७८, १५ : ३७ मा प्रकाशित

सेयर बजारमा हरियाली, १० कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा

सेयर बजारमा पुनः उत्साह फर्किएको छ । आइतबार र मंगलबार भारी अंकले घटेको बजार आज (मंगलबार) सकारात्मक बाटोतर्फ लागेको हो । आज सेयर बजार भारी अंकले बढेको छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९२.४६ अंकले बढेर २५९९.०७ को बिन्दुमा पुगेको हो । २४ सयको बाटो फर्किएको बजार पुनः २६ सयको बाटोमा लम्किएको छ ।

आइतबार नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ को बिन्दुमा पुगेको थियो । त्यस्तै, सोमबार नेप्से परिसूचक ६५.५८ अंकले घटेर २५०६.६१ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो । २ दिनसम्म बजारमा भारी गिरावट आएसँगै कोरोना प्रभाव पार्ने होकी भन्ने मनोभावमा आमा लगानीकर्ता पुगेका थिए । तर लगानीकर्ताले आफ्नो मनोबल बढाएसँगै सेयर बजारमा नयाँ उत्साह देखिएको छ । 

त्यस्तै, आज सेन्सेटिभ परिसूचक पनि १४.४८ अंकले बढेर ४६७.२८ को बिन्दुमा पुगेको छ । मंगलबार कूल २१६ कम्पनीको १ करोड २ लाख २ हजार २१२९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९५७ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचक भारी अंकले बढे पनि कारोबार रकम भने बढेको छैन ।

कूल १३ वटा उपसमूहमा १३ वटै उपसमूहको सेयरमा हरियाली छाएको छ । त्यसैगरी, आज एक कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने १० वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज अप्पर तामाकोशीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । 

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु 
आज अप्पर तामाकोशी हाइड्रोपावरले सर्वाधिक कारोबार गर्न सफल भएको छ कम्पनीले १८ करोड १० लाख बराबरको कारोबार गरेको छ । त्यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुनर्बीमा कम्पनी, छिमेक लघुवित्त, अपि पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक, हिमालयन डिस्टिलरी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट र एनआईशी एशिया बैंकले सर्वाधिक कारोबार गरेको छ ।

सर्वाधिक कमाउने १० कम्पनी 
बजारमा उमङ्ग छाउँदा आज अप्पर तामाकोशी हाइड्रोपावर, विशालबजार कम्पनी महिला लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स, समिट लघुवित्त वित्तीय संस्था मल्टिपपर्स फाइनान्स, ग्लोबल आईएमई  लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर र उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले नाफा कमाएका छन् ।

सर्वाधिक गुमाउने कम्पनीहरु
आज सर्वाधिक गुमाउने कम्पनीहरुमा आईसीएफसी फाइनान्स लिमिटेडको १२% ऋणपत्र २०८३, ग्लोबल आईएमई बैंकको १०.२५%ऋणपत्र २०८०/८१, सनराइज बैंकको १०.२५% ऋणपत्र २०८३, एनआईबीएल समृद्धि फण्ड-१ गुडवील फाइनान्स, नेपाल एसबीआई बैंकको १० प्रतिशत डिबेन्चर २०८६, लक्ष्मी इक्वीटि फण्ड, कुमारी इक्वीटि फण्ड, माछापुच्छ्रे बैंकको १०.२५% डिबेन्चर २०८५ र प्रभु बैंकको १०% डिबेन्चर २०८४ रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको