नेपाली बजारमा आज (बुधबार) पनि सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । 
बुधबार सुनकाे मूल्य ताेलाकाे ७ सय रुपैयाँले घटेर  प्रतिताेला ९० हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बुधबार तेजावी सुनको भाउ पनि ताेलाकाे ७ सय रूपैयाँले नै घटेर प्रतितोला ९० हजार रूपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, बुधबार चाँदीकाे मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस