प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (वैशाख १६ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (वैशाख १६ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीकाे १९औं वार्षिक साधारण सभा जेठ २ गते बाराको होटल इच्छा, सिमरामा हुनेछ । सभामा कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ८.४२ प्रतिशत लाभांश (८ प्रतिशत बाेनस र ०.४२ प्रतिशत नगद) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस