Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय लघुवित्तको नाफा ९०.९८ प्रतिशतले बढ्दा अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

विहीबार, १६ बैशाख २०७८, ११ : ०९ मा प्रकाशित

सूर्योदय लघुवित्तको नाफा ९०.९८ प्रतिशतले बढ्दा अन्य सूचक कस्ता छन् ?

सूर्योदय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार सो अवधिसम्म आइपुग्दा संस्थाको खुद नाफा ९०.९८% ले बढेर ६ करोड २८ लाख ७४ हजार रुपैयाँ पुगेको छ । कम्पनीले गत वर्षको सोहि अवधि ३ करोड २९ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो । 

त्यस्तै, संस्थाको खुद ब्याज आम्दानी पनि ८६.२८% ले बढेर १९ करोड ३० ३० लाख ६३ हजार पुगेको छ । गत वर्षको सोहि अवधिमा संस्थाको यस्तो आम्दानी १० करोड ३६ लाख ४४ हजारमा सिमित थियो । संस्थाको सञ्चालन नाफामा पनि १२८.३९% को वृद्धि देखिएको छ । गत वर्ष ४ करोड ३६ लाख ९७ हजारमा सिमित रहेको सञ्चालन नाफा यो वर्ष बढेर ९ करोड ९८ लाख पुगेको छ । 

हाल चुक्तापूँजी २४ करोड ८० लाख ४२ हजार रहेको संस्थाको रिजर्भ कोषमा १४ करोड १२ लाख ८४ हजार रुपैयाँ पुगेको छ । 
त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी हाल ३३ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ९६ पैसा छ ।

608a447e926af.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको