Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

अर्थ संसार

शुक्रबार, १७ बैशाख २०७८, ०९ : ४० मा प्रकाशित

नाडेप लघुवित्तले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

संस्थाको गत वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभाजेठ ७ गते काठमाडौंको नागार्जुनस्थित रानीवन पार्टी प्यालेस एन्ड रेस्टुरेन्टमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनसहित नाफा-नोसान हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ ।

यसका साथै २०७७/७७ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ 
त्यसैगरी. संस्थामा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व संरचना परिवर्तन गरी ५१:४९ गर्ने विशेष प्रस्ताव पारित  गरिनेछ । हाल संस्थामा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७०:३० रहेको छ।

गत पुस १६ गतेदेखि नै यो लघुवित्तको सेयर कारोबार रोक्का रहेकोले वार्षिक साधारणसभा सेयर दाखिला खारेज बन्द यथावत हुने कम्पनीले जनाएको छ। 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

608b80b89e840.JPG 608b80ee27f56.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको