Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकलाई ऋणपत्र निष्काशन गर्न सेबोनको  अनुमति

अर्थ संसार

शुक्रबार, १७ बैशाख २०७८, ११ : ५३ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकलाई  ऋणपत्र निष्काशन गर्न सेबोनको  अनुमति

नियामक निकाय नेपाल धितोपत्र बोर्डले सांग्रिला डेभलपमेन्ट बैंकलाई ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्न अनुमति दिएको छ । 

बैंकलाई प्रतिकित्ता १ हजार रुपैयाँको दरमा ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री गर्न बोर्डले अनुमति दिएको हो । उक्त ऋणपत्रमध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल ४५ करोड रुपैयाँ बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख कित्ता ऋणपत्रले हुन आउने कूल ३० करोड रुपैयाँ बराबरको ऋणपत्र (सोमध्ये ५५ अर्थात १५,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निश्कासनबाट बिक्री गरिनेछ ।

उक्त  ऋणपत्रमा वार्षिक ९% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर “२०८७” नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको