Like us!
Follow us!
Connect us!
Watch us!

अबको साता सेयर बजार कता ?

अर्थ संसार

शनिबार, १८ बैशाख २०७८, १२ : ३२ मा प्रकाशित

यस साताकाे सेयर बजार 

यस साता ५ दिनको बजारमा ३ दिन बजार घटेको थियो भने बाँकी २ दिन नेप्सेले उकालो यात्रा तय गरेको थियो ।

यस साता नेप्से परिसूचक ३६ दशमलव ८८ अंकले घटेर २६ सय ११ दशमलव १० विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक ८७ दशमलव ३९ अंकले घटेर २६ सय ४८ विन्दुमा रोकिएको थियो । यस साता सेन्सेटिभ परिसूचक पनि ७ दशमलव ५८ अंकले घटेर ४ सय ६९ दशमलव ०२ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक १५ दशमलव ८५ अंकले घटेर ४७६ दशमलव ६ विन्दुमा रोकिएको थियो ।

नेप्से परिसूचकसँगसँगै कारोबार रकममा पनि घटेको छ । गत साता औसतमा दैनिक ६ अर्ब ४६ करोड भन्दा माथीको कारोबार भएकोमा यस साता औसतमा दैनिक ५ अर्ब ४६ करोडको मात्र कारोबार भएको छ । 

बजार पुँजीकरणको कुरा गर्नुपर्दा गत साता ३६ खर्ब ६६ अर्ब रहेको बजार पुँजीकरण यस साता ४६ अर्बले घटेर ३६ खर्ब २० अर्बमा झरेको छ ।

अबको साता सेयर बजार कता ?

पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ताहरु थपिने क्रम दिनानुदिन बढ्दै गइरहेकाे छ । नयाँ लगानीकर्ताहरुलाई बजारमा कुन सेयरमा लगानी गर्ने, आफूसँग भएका कुन-कुन सेयर बिक्री गर्ने जस्ता निर्णय लिन निकै गाह्रो पर्छ । यही समस्या समाधान गर्न हामीले हरेक साताको अन्त्यमा आगामी साता बजार कता जाला, कस्ता सेयरहरु किन्ने, कस्ता सेयरहरु बेच्ने भनेर जानकारी दिन नयाँ शो "सेयर टेक फण्डा" सुरु गरेका छौं ।

सेयर टेक फण्डामा लामो समयदेखि सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आएका बिमल तिवारीले सेयर बजारको साप्ताहिक समीक्षा गर्नेछन् । उनी लगानीकर्ताहरुको लगानी व्यवस्थापन गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । 

तलकाे भिडीयाेमा उनले यस साताकाे सेयर समीक्षा गर्दै आगामी साता (वैशाख १९ गतेदेखि वैशाख २३ गतेसम्म) सेयर बजार कता जाला भनेर पूर्वानुमान गरेका छन् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको