Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले फेरि ल्यायो २ कम्पनीको सेयर लिलामीमा, यसपटक बिक्ला त ?

अर्थ संसार

आइतबार, १९ बैशाख २०७८, ०८ : १७ मा प्रकाशित

एनआईसी एशिया बैंकले फेरि ल्यायो २ कम्पनीको सेयर लिलामीमा, यसपटक बिक्ला त ?

एनआईसी एशिया बैंक लिमिटेडलाई आफ्नाे स्वामित्वमा रहेको २ वटा कम्पनीकाे सेयर बिक्री गर्न हम्मेहम्मे परेकाे छ । यसअघि पनि बारम्बार बिक्री खुल्ला गर्दा बिक्री नभएपछि बैंकले फेरि बिक्री खुल्ला गरेकाे छ ।

बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ४७ हजार ५ सय ६ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । नागरिक लगानी कोषको न्युनतम मूल्य प्रतिकित्ता एक हजार ३ सय ४७ रूपैयाँ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे न्युनतम मूल्य प्रतिकित्ता ४ सय ४३ रूपैयाँ ताेकिएकाे छ ।

उक्त सेयरमा लगानीकर्ताले आज (वैशाख १९ गते, आइतबार) बाट वैशाख २४ गतेसम्म न्युनतम एक सय कित्तादेखि अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

608e113b15e5a.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको