Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

सोमबार, २० बैशाख २०७८, ११ : ५० मा प्रकाशित

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (साेमबार) सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । 

साेमबार सुनकाे मूल्य ताेलाकाे ४ सय रुपैयाँले बढेर  प्रतिताेला ९० हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, साेमबार तेजावी सुनको भाउ पनि ताेलाकाे ४ सय रुपैयाँले नै बढेर प्रतितोला ८९ हजार ९ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, साेमबार चाँदीकाे मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको