Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको ३ अर्ब बराबरको ऋणपत्र आजदेखि बिक्री खुल्ला, ब्याजदर कति ?

अर्थ संसार

बुधबार, २२ बैशाख २०७८, ०८ : ०३ मा प्रकाशित

नेपाल बैंकको ३ अर्ब बराबरको ऋणपत्र आजदेखि बिक्री खुल्ला, ब्याजदर कति ?

नेपाल बैंक लिमिटेडले ३ अर्ब बराबरको ऋणपत्र आज बुधबार (वैशाख २२ गते)देखि बिक्री खुल्ला गरेको छ ।

बैंकले १० वर्ष अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र आजबाट बिक्री खुला गरेको छ । यसमध्ये बैंकले १४ लाख इकाई सर्वसाधारणको लागि र बाँकी २१ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ । सर्वसाधारणलाई निष्कासन गरिने ऋणपत्रमध्ये ५% अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
 
बैंकले ‘८.५०% नेपाल बैंक ऋणपत्र २०८७’ जारी गरेको हो । यसमा वार्षिक ब्याजदर ८.५०% तोकिएको छ ।  

लगानीकर्ताले उक्त ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म छिटोमा वैशाख २६ गते र ढिलोमा जेठ ५ गतेसम्म आवेदन दिन सक्नेछन्  । 

लगानीकर्ताले उक्त ऋणपत्रमा सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । साथै, मेरो सेयर एप र मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन्  । उक्त ऋणपत्रको बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिंङले गरेको छ ।

609200e18956f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको