Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सको नाफासँगै बीमाशुल्क आम्दानी पनि बढ्यो, ईपीएस कति ?

अर्थ संसार

बुधबार, २२ बैशाख २०७८, ०९ : २६ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सको नाफासँगै बीमाशुल्क आम्दानी पनि बढ्यो, ईपीएस कति ?

सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ६३.९१ प्रतिशतले बढेर २८ करोड ५४ लाख ६१ हजार रुपैयाँ पुगेको छ  छ । गत वर्षको सोहि अवधिमा  कम्पनीको यस्तो नाफा १७ करोड ४१ लाख ३० हजार रुपैयाँमा सीमित थियो ।

त्यस्तै कम्पनीको खुद बीमाशुल्क पनि २८.१५ प्रतिशतले बढेर २८ करोड ५४ लाख ६१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको यस्तो आम्दानी १७ करोड ४१ लाख ३० हजार रुपैयाँ सीमित थियो । सो अवधिसम्म कम्पनीले ८० करोड ६७ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ ।

हाल चुक्ता पूँजी एक अर्ब रहेको कम्पनीको जगेडा कोषमा ४८ करोड ३४ लाख रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ६३ पैसा छ । 

6092158980968.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको