Like us!
Follow us!
Connect us!
Watch us!

माइक्रोफाइनान्समा हरायो रौनकता, मूल्य घट्ने शिर्ष १० मा ९ माइक्रोफाइनान्स कम्पनी

अर्थ संसार

बुधबार, २२ बैशाख २०७८, १५ : ३४ मा प्रकाशित

माइक्रोफाइनान्समा हरायो रौनकता, मूल्य घट्ने शिर्ष १० मा ९ माइक्रोफाइनान्स कम्पनी

आज (बुधबार) सेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० मा पुगेकाे छ । यस्तै सेन्सेटिभ परिसूचक १.६३ अंकले घटेर ४७३.८१ मा पुगेको छ । मंगलबार झिनो अंकले बढेको बजार बुधबार ओरालो लागेको हो ।

कूल २१८ वटा कम्पनीकाे एक कराेड ४८ लाख ६७ हजार ९ सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३ सय १३ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

आज अधिकांश लघुवित्तको सेयरमूल्य घटेको छ । १० सर्वाधिक घाटा व्यहोर्ने कम्पनीहरुमा ९ वटा लघुवित्त कम्पनी परेका छन् । 

बजार सामान्य अंकले घट्दा आशा लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यसैगरी, क्रमश: लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त, सबैको लघुवित्त, स्वाभिमान लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर, नेशनल माइक्रोफाइनान्स, ग्रामीण विकास लघुवित्त र मिथिला लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक घाटा व्यहोरेका छन् । लघुवित्त घट्दा हाइड्रोपावर समुहको सेयरमूल्य भने अत्यधिक बढेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको