आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज जनउत्थान सामुदायिक लघुवित्त र खानीखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सर्किट लागेको हो ।
दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी, अन्य ४ वटा कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको नेप्सेले जनाएको छ ।  सेयरमूल्य उच्च हुने अन्य कम्पनीहरुमा महिला लघुवित्त,समता लघुवित्त, रुरु जलविद्युत परियोजना र जोशी हाइड्रोपावर रहेका छन् ।
यो समाचार पर्दासम्म सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक ६.९० अंकले घटेको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस