Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीको नाफामा गिरावट, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, २४ बैशाख २०७८, १० : १२ मा प्रकाशित

माउन्टेन  इनर्जीको नाफामा गिरावट, ईपीएस कति ?

माउन्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ९.५७ प्रतिशतले थोरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीले ५ करोड ५२ लाख नाफा कमाएको थियो । 

त्यसैगरी, कम्पनीको विद्युत बिक्री आम्दानीमा पनि गिरावट आएको छ । चैत मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट ९ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष १० करोड ६९ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको थियो । 

हाल यसको चुक्ता पुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८८ पैसा छ । 

6094c33e6c7bd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको