Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य दिनहुँ बढ्दै, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार

शुक्रबार, २४ बैशाख २०७८, ११ : ०० मा प्रकाशित

सुनको मूल्य दिनहुँ बढ्दै, कतिमा हुँदैछ काराेबार ?

नेपाली बजारमा आज (शुक्रबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । 

शुक्रबार सुनकाे मूल्य ताेलाकाे ११ सय रुपैयाँले बढेर  प्रतिताेला ९१ हजार ७ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, शुक्रबार तेजावी सुनको भाउ पनि ताेलाकाे ११ सय रुपैयाँले नै बढेर प्रतितोला ९१ हजार २ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य भने ताेलाकाे ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ५० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

बिहीबार सुनकाे मूल्य ताेलाकाे ३ सय रुपैयाँले बढेर  प्रतिताेला ९० हजार ६ सय रुपैयाँमा काराेबार भएकाे थियाे । बिहीबार चाँदीकाे मूल्य भने ताेलाकाे ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १५ रूपैयाँमा काराेबार भएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको