Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, बीमा शुल्क आम्दानी पनि बढ्यो

अर्थ संसार

शुक्रबार, २४ बैशाख २०७८, ११ : ४६ मा प्रकाशित

यूनाइटेड इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, बीमा शुल्क आम्दानी पनि बढ्यो

यूनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ३३४.९२ प्रतिशतले बढेर ५ करोड २७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आम्दानी ५३.१२ प्रतिशतले बढेर ३७ करोड ८५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २४ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

चैत मसान्तसम्ममा कम्पनीले १४ करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । 

हाल  चुक्ता पूँजी १ अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ११ करोड १८ लाख रुपैयाँ रहेको छ । यस्तै, बीमा कोषमा ३३ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ०१ पैसा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण हेर्नुहोस् :- 

6094d90d89f9e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको