सुमेरु सेक्युरिटीजले ज्ञानेश्वरको आफ्नो भवनबाट सेवा दिने भएको छ। ब्रोकर न ३९ को रुपमा संचालित सुमेरु सेक्युरिटीजले आफ्नो पुरानो हात्तिसारको कार्यालयबाट सर्दौ आफ्नो हाल सालै बनेको वडा न. ३० ज्ञानेश्वरमा बनेको नयाँ भवनबाट वैशाख २६ गते बाट सेवा दिने भएको हो ।
पुरानो कार्यालयमा पार्किङ्गको समस्या तथा भीडभाडको समस्याले आफ्ना ग्राहक र सेवाग्राहीलाई समस्या पर्दै आएकोमा नयाँ भवनमा पार्किङ्गको उचित व्यवस्था तथा ग्राहकलाई सरल र प्रभावकारी सेवा दिन सुमेरु सेक्युरिटीज लागेको कम्पनीका अधिकृत सागर खतिवडाले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस