Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको अधिकांश सूचक सकारात्मक

अर्थ संसार

आइतबार, २६ बैशाख २०७८, ०८ : ३६ मा प्रकाशित

अजोड इन्स्योरेन्सको अधिकांश सूचक सकारात्मक

अजोड इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड ११ लाख खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि आवधिक तुलनामा ७३.८६ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ५१ लाख खुद नाफा गरेको थियो । 

कम्पनीको खुद बीमाशुल्क आम्दानी ६८.९० प्रतिशत बढेर १ अर्ब २ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ६० करोड ६३ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो । 

सो अवधिसम्म कम्पनीले ५० करोड २९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

आईपीओ निष्काशनपश्चात चुक्तापूँजी \१ अर्ब पुर्‍याएको कम्पनीको जगेडा कोष रकम ७ करोड ५५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.१५ र प्रतिसेयर नेटवर्थ ११७.६८ रहेको छ ।

कम्पनीले गत असार २५ गतेबाट प्रति कित्ता एक सय रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गरी बिक्री गरेको थियो ।

60974ed060bd1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको