Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको लिलामी सेयर भर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, २६ बैशाख २०७८, १० : ०१ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको लिलामी सेयर भर्ने आज अन्तिम दिन

ग्लोबल आइएमई बैंक लिमिटेडकाे स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक समूहको सेयरमा आवेदन दिने आज (वैशाख २६ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले आफ्नाे स्वामित्वमा रहेकाे संस्थाकाे ८१ हजार ५ सय संस्थापक समूहको सेयर न्यूनतम ३ सय  रुपैयाँमा बिक्री गरिरहेको हो । लगानीकर्ताले बोलपत्र पेश गर्दा  सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक सय कित्ता र सो भन्दा बढीको लागि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन् ।

उक्त सेयरको निष्कासन तथा बिक्री  प्रबन्धकमा  ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  लगानीकर्ताले उक्त ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल काठमाडौंमा आइपुग्ने गरि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको