नेपाली बजारमा आज (आइतबार) सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । चाँदीकाे मूल्य भने घटेकाे छ ।
आइतबार सुनकाे मूल्य ताेलाकाे एक सय रुपैयाँले बढेर प्रतिताेला ९१ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आइतबार तेजावी सुनको भाउ पनि ताेलाकाे एक सय रुपैयाँले नै बढेर प्रतितोला ९१ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, आइतबार चाँदीकाे मूल्य भने ताेलाकाे ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ४५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस