Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको १० वर्षको लाभांश इतिहास : लगानीकर्ताले कति कमाए ?

अर्थ संसार

आइतबार, २६ बैशाख २०७८, १३ : ०३ मा प्रकाशित

सानिमा बैंकको १० वर्षको लाभांश इतिहास : लगानीकर्ताले कति कमाए ?

आज हामी यहाँ सानिमा बैंक लिमिटेडकाे लाभांश इतिहासकाे बारेमा कुरा गर्दैछाैँ । सानिमा बैंक लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत वाणिज्य बैंकमध्येकाे एक हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता ३ सय ९६ रूपैयाँ रहेकाे छ । 

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा बैंकले १ अर्ब ८५ करोड  ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको वितरणयोग्य १ अर्ब ४० करोड ९५ लाख रुपैयाँ रहेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७३ पैसा छ ।

बैंककाे १० वटा आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा १० वटा आर्थिक वर्षमध्ये बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७१/७२ मा २१.०५ प्रतिशत लाभांश (२० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६८/६९ मा ५.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । त्यस्तै, १० वटा आर्थिक वर्षमध्ये बैंकले ३ वटा आर्थिक वर्षमा बाेनस दिएकाे थिएन नगद मात्रै दिएकाे थियाे ।

बैंककाे सेयरमा दश वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी बैंकले वितरण गरेकाे बाेनसबाट अहिले बढेर ९७ हजार भन्दा माथी पुगेकाे छ ।

यस्ताे छ सानिमा बैंक लिमिटेड​को १० वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ६.५ प्रतिशत नगद वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस वितरण गरेकाे थिएन ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५.५ प्रतिशत नगद वितरण गरेकाे थियाे । याे वर्ष पनि बैंकले बाेनस वितरण गरेकाे थिएन ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत नगद वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस दिएकाे थिएन । 

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ११.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ३.६ प्रतिशत नगद गरि कूल १३.६ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको