Like us!
Follow us!
Connect us!
Watch us!

किन्ने होइन ? प्रभु क्यापिटलको चिया भन्दा सस्तो 'प्रभु सेलेक्ट फण्ड' बजारमा आउँदै !

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, ०९ : ५४ मा प्रकाशित

किन्ने होइन ? प्रभु क्यापिटलको चिया भन्दा सस्तो 'प्रभु सेलेक्ट फण्ड' बजारमा आउँदै !

प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु म्युचुअल फण्डले 'प्रभु सेलेक्ट फण्ड' ल्याउने भएको छ। 

प्रभु बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले एक अर्ब रुपैयाँको १० करोड इकाईहरु निष्काशन गर्न लागेको हो। जसमध्ये बीज पूँजी वापत न्युनतम १ केद ५० लाख वा बिक्री भएको इकाईको १५ प्रतिशत इकाई मध्ये कोष प्रवर्द्धक प्रभु बैंकका लागि १४ प्रतिशत छुट्याइएको छ । प्रभु क्यापिटलले एक प्रतिशत इकाई राख्नेछ भने बाँकी रहेको ८५ प्रतिशत अर्थात ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ। 

उक्त इकाई जेठ ५ गतेबाट निष्काशन हुनेछ। लगानीकर्ताले उक्त इकाईमा छिटोमा ९ गते र र ढिलोमाजेठ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले उक्त इकाईमा कम्तिमा १०० र बढिमा ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । इकाईको अंकित मूल्य १० रुपैयाँ छ। इकाईको परिपक्व हुने अवधि ७ वर्ष रहेको छ। 

इकाई सम्बन्धि थप जानकारीको लागि तलको विवरण हेर्नुहोस् :- 

6098b31a30772.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको