Like us!
Follow us!
Connect us!
Watch us!

सुनको उकालाे यात्रामा निरन्तरता, तोलाको कति पुग्यो ?

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, १० : ४५ मा प्रकाशित

सुनको उकालाे यात्रामा निरन्तरता, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज (साेमबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ ।

साेमबार सुनकाे मूल्य  ताेलामा २ सय रूपैयाँले बढेर  प्रतितोला ९२ हजार रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, साेमबार तेजावी सुनको मूल्य पनि ताेलाकाे २ सय रूपैयाँले नै बढेर  प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, साेमबार चाँदीकाे मूल्य पनि ताेलाकाे १५ रुपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय ६० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको