Like us!
Follow us!
Connect us!
Watch us!

आईएमइ जनरल इन्स्योरेन्सको नाफा ७५.६३ प्रतिशतले बढ्यो,प्रतिसेयर आम्दानीमा पनि उछाल

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, १२ : ४३ मा प्रकाशित

आईएमइ जनरल इन्स्योरेन्सको नाफा ७५.६३ प्रतिशतले बढ्यो,प्रतिसेयर आम्दानीमा पनि उछाल

आईएमइ जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ७५.६३ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले १० करोड ७३ लाख रुपैयाँ नाफा कमाएको  थियो ।

चैत मसान्तसम्म कम्पनीले ५१ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस्तो आम्दानी गत वर्षको सोहि अवधिको तुलनामा ४२.८९ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ३६ करोड २७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै सो अवधिमा कम्पनीले १९ करोड ८३ लाख लाख रुपैयाँ बराबरको बिमा दावी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख रहेको छ भने कम्पनीको जगेडा कोषमा ३० करोड २६ लाख रहेको छ  ।  कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी पनि गत बर्षको तुलनामा बृद्धि भएको छ । गत बर्षको यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २ पैसा रहेकोमा अहिले बृद्धि भएर २३ रुपैयाँ २४ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ८६ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको