नेपाल बैंक लिमिटेडले फेरि पनि 'ए’ रेटिङ्ग पाएकाे छ । रेटिङ्ग एजेन्सी इक्रा नेपालले बैंकलाई  'ए’ अर्थात् इक्रा एनपी आईआर ‘ए’ स्तरको रेटिङ्ग प्रदान गरेकाे हाे । 
यस रेटिङ्ग प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानीगर्न सक्ने पर्याप्त क्षमता हुने, पर्याप्त पूँजी कोष अनुपात रहेको, कर्जा तथा निक्षेपको जोखिम कम रहेको र समग्र कर्जा जोखिम न्यून रहेको भन्ने जनाउँछ ।
यसका साथै, हालै बैंकले जारी गरेकाे ऋणपत्रले समेत ”ए” रेटिङ्ग अर्थात एनपी–आइआर “ए” रेटिङ्ग प्राप्त गरेको छ । यस प्रकारको रेटिङ्गले जारी गरिएको ऋणपत्रको तिर्नुपर्ने साँवा तथा व्याजहरु समयमै भुक्तानी गर्नसक्ने क्षमता भएकाे जनाउँछ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस