चिलिमे जलबिद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । 
कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्ममा ५१ करोड २ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ जुन गत बर्षको यसै अवधिको तुलनामा २.९२ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ५२ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 
कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी भने झिनो बृद्धि भएको छ । कम्पनीको यस्तो आम्दानी ०.६९ प्रतिशतले बढेर ८० करोड ९२ लाख रुपैयाँमा पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ८० करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो । 
 
हाल चुक्ता पुँजी ६ अर्ब २८ करोड ७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफामा ह्रास आएसंगै वार्षिकृत प्रतिसेयर आम्दानी पनि गिरावट आएको छ । गत बर्षको यहि अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी  १२ रुपैयाँ २७ पैसा रहेकोमा अहिले त्यो घटेर १० रुपैयाँ ८३ पैसा पुगेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४७ पैसा रहेको छ ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस