Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकको १० वर्षको लाभांश इतिहास, लगानीकर्ता हजारबाट लखपति !

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, १२ : २९ मा प्रकाशित

प्राइम बैंकको १० वर्षको लाभांश इतिहास, लगानीकर्ता हजारबाट लखपति !

प्राइम कमर्सियल बैंक लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत वाणिज्य बैंकमध्येकाे एक हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता ४ सय ३४ रूपैयाँ रहेकाे छ । 

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा बैंकले २ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको वितरणयोग्य २ अर्ब २० करोड रुपैयाँ रहेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ८८ पैसा रहेकाे छ ।

बैंककाे १० वटा आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा १० वटा आर्थिक वर्षमध्ये बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा २७ प्रतिशत बाेनस वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६८/६९ मा ११.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । 

बैंककाे सेयरमा दश वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी बैंकले वितरण गरेकाे बाेनसबाट अहिले बढेर एक लाख ६० हजार रूपैयाँ भन्दा माथी पुगेकाे छ ।

यस्ताे छ प्राइम कमर्सियल बैंक लिमिटेड​​को १० वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२.६३ प्रतिशत नगद वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस वितरण गरेकाे थिएन ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ४ प्रतिशत बाेनस र ७.५८ प्रतिशत नगद गरि कूल ११.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १९ प्रतिशत बाेनस र १ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १८ प्रतिशत बाेनस र ०.९५ प्रतिशत नगद गरि कूल १८.९५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १७.२५ प्रतिशत बाेनस र १.२१ प्रतिशत नगद गरि कूल १८.४६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २७ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन । 

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष पनि बैंकले नगद दिएकाे थिएन । 

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष पनि बैंकले नगद दिएकाे थिएन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको