Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जरको साईत जुर्यो

अर्थ संसार

बुधबार, २९ बैशाख २०७८, १९ : २२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जरको साईत जुर्यो

लामो समयको प्रयासपछि अन्नततः भोलि बिहीबार हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता हुने भएको छ। 

मर्जका लागि सबै विषय करिब टुंगो लागिसकेको छ भने कर्मचारी व्यवस्थापन, स्वाप रेसियो, संचालक समिति, माथिल्लो व्यवस्थापन टिम लगायतका विषय पनि मिलिसकेको छ। 

मर्जपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक हुनेछ । बैंकको अध्यक्षमा हाल नेपाल इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहनेछन् भने कार्यकारी अधिकृत (सिइओ) मा हिमालयन बैंकका हालका अशोक शमशेर राणा रहने बताइएको छ ।

मर्जर कमिटीले गरेका निर्णयलाई दुबै बैंकको बोर्ड बैठकले  पारित गरिसकेको छ । स्वाप रेसियो १ बराबर १ नै हुनेछ। यसको अर्थ हिमालयन वा इन्भेष्टमेन्ट बैंकको जति कित्ता सेयर लगानीकर्तासँग छ, मर्जपछि बन्ने बैंक ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट’को सेयर पनि त्यति नै हुनेछ। 

एक औपचारिक कार्यक्रममा काठमाण्डौको एलोफ्ट होटलमा दुवै बैंकका अध्यक्षहरु पृथ्वीबहादुर पाँडे र तुलसी गौतमले एमाओयूमा हस्ताक्षर गर्नेछन् । कार्यक्रममा अत्यन्त न्यून मात्र उपस्थिति हुनेछ भने हस्ताक्षर कार्यक्रमको लाइभ भर्चुअल माध्यमबाट गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको