Like us!
Follow us!
Connect us!
Watch us!

गतबर्ष २७.७६ प्रतिशत बोनस सेयर वितरण गरेको शिखर इन्स्योरेन्सको कस्तो छ वित्तिय अवस्था ?

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, ०७ : ०८ मा प्रकाशित

गतबर्ष २७.७६ प्रतिशत बोनस सेयर वितरण गरेको शिखर इन्स्योरेन्सको कस्तो छ वित्तिय अवस्था ?

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १०.२६ प्रतिशतले धेरै हो ।  गत वर्षको सोहि अवधिमा कम्पनीले ३२ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्ममा कम्पनीले २ अर्ब ९६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।  गत वर्षको तुलनामा यो आम्दानी १४.०३ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीको यस्तो आम्दानी २ अर्ब ६० करोड रुपैयाँमा सीमित थियो ।

हाल चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६१ करोड ७६ लाख रुपैयाँ, इन्स्योरेन्स कोषमा १ अर्ब २३ करोड रुपैयाँ र महाबिपत्ति जगेडामा ९ करोड ४३ लाख रुपैयाँ रहेको छ ।   

कम्पनीको खुद मुनाफामा बृद्धिभएपनि प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । गत बर्षको यसै अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ५५ पैसा रहेकोमा अहिले त्यो घटेर २७ रुपैया ५५ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ९४ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको