Like us!
Follow us!
Connect us!
Watch us!

तीन बजे नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौता

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, १३ : ४२ मा प्रकाशित

तीन बजे  नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौता

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जर सम्झौता हुदैछ ।  दिउँसो तीन बजे दुई बैंकहरुबीच मर्जरको प्रारम्भिक सहमति सम्झौता हुने कार्यक्रम तय भएको छ । 

मर्जर पछि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक रहने साथै स्वाप रेसियो १ बराबर एक हुने प्रारम्भिक सहमति जुटेको छ । यसको अर्थ हिमालयन वा इन्भेष्टमेन्ट बैंकको जति कित्ता सेयर लगानीकर्तासँग छ, मर्जपछि बन्ने बैंक ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट’को सेयर पनि त्यति नै हुनेछ। 

अहिले नामको विषयमा मात्रै सहमति भएको र भोलीका दिनमा बाँकी कुरा सम्झौता हुँदै जाने हिमालयन बैंकका एक पदाधिकारीले बताए ।  

मर्जपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक हुनेछ । बैंकको अध्यक्षमा हाल नेपाल इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहनेछन् भने कार्यकारी अधिकृत (सिइओ) मा हिमालयन बैंकका हालका अशोक शमशेर राणा रहने बताइएको छ ।

मर्जर कमिटीले गरेका निर्णयलाई दुबै बैंकको बोर्ड बैठकले  पारित गरिसकेको छ । 

एक औपचारिक कार्यक्रममा काठमाण्डौको एलोफ्ट होटलमा दुवै बैंकका अध्यक्षहरु पृथ्वीबहादुर पाँडे र तुलसी गौतमले एमाओयूमा हस्ताक्षर गर्नेछन् । कार्यक्रममा अत्यन्त न्यून मात्र उपस्थिति हुनेछ भने हस्ताक्षर कार्यक्रमको लाइभ भर्चुअल माध्यमबाट गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको