Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकरलाई तत्काल भुत्तानी गर्न सेबोनको निर्देशन

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, १४ : २७ मा प्रकाशित

ब्रोकरलाई तत्काल भुत्तानी गर्न सेबोनको निर्देशन

नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुलाई सकेसम्म साना लगानीकर्ताहरुलाई तत्काल भुक्तानी गर्न र्निदेशन दिएको छ । 

कोरोनाको प्रकोप बढिरहेको अवस्थामा ससाना लगानीकर्ताहरुलाई दैनिक घरखर्च वा औसधी उपचारकालागि शेयर बेचेको अवस्थामा लगानीकर्ताहरुको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकता अनुसारको रकम तत्काल उपलब्ध गराई सहयोग गर्न निर्देशन दिएको छ । 

त्यसैगरी, बोर्डले बोर्डबाट इजाजत पत्र पाप्त धितोपत्र दलाल, मर्चेन्ट बैंकर र सम्बद्ध सबै पक्षलाई सिस्टम सपोर्ट र सूचना प्रविधि सम्बन्धि कार्य घरबाट नै संचालन गर्न अनुरोध गरेको छ । 

बोर्डले सिस्टम संचालनको लागि कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउन समेत निर्देशन दिएको छ ।

गुनासा तथा समस्या समाधानको लागि प्रयोग भइरहेका कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था गर्न र थप मोबाइल नम्बर उपलब्ध गराउन पनि बोर्डले निर्देशन दिएको छ ।

609ce7e2a937d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको