एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर आज (वैशाख ३१ गते, शुक्रबार) बाट फेरि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ ।
बैंकले संस्थाकाे ६१ हजार २ सय ७८ कित्ता कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे । उक्त सेयरकाे न्युनतम मूल्य ६ सय २६ रूपैयाँ ताेकिएकाे छ ।
लगानीकर्ताले आज (वैशाख ३१ गते, शुक्रबार) बाट जेठ १४ गतेसम्म न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस