Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : नेप्से परिसूचकमा सुधार कारोबार रकम भने खुम्चियो

अर्थ संसार

शनिबार, ०१ जेठ २०७८, १२ : ०७ मा प्रकाशित

साताको सेयर बजार : नेप्से परिसूचकमा सुधार कारोबार रकम भने खुम्चियो

समग्रमा याे साताको सेयर बजार राम्राे रह्यो । यस साता ५ दिनको बजारमा एक दिन बजार घटेको थियो भने बाँकी ४ दिन नेप्सेले उकालो यात्रा तय गरेको थियो । 

यस साता नेप्से परिसूचक ४६ दशमलव ९९ अंकले बढेर २६ सय ८४ दशमलव ०१ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक २६ दशमलव ०२ अंकले बढेर २६ सय ३७ दशमलव १३ विन्दुमा रोकिएको थियो । यस साता सेन्सेटिभ परिसूचक पनि ६ दशमलव ४२ अंकले बढेर ४ सय ७९ दशमलव ५० विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ०१ अंकले बढेर ४ सय ७३ दशमलव ०४ विन्दुमा रोकिएको थियो ।

नेप्से परिसूचक बढ्दा पनि कारोबार रकम भने केही प्रभावित भएको छ । गत साता औसतमा दैनिक ६ अर्ब ७९ करोडको कारोबार भएकोमा यस साता औसतमा दैनिक ५ अर्ब ७२ करोडको मात्र कारोबार भएको छ । 

बजार पुँजीकरणको कुरा गर्नुपर्दा गत साता ३६ खर्ब ५८ अर्ब रहेको बजार पुँजीकरण यस साता ६६ अर्बले बढेर ३७ खर्ब २४ अर्ब रहेको छ ।

यो साता होटल तथा पर्यटन समूहबाहेक बाँकी सबै समूहको सेयर बढेको छ ।

यस साताको सेयर बजारलाई समग्रमा नियाल्दा आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १८ दशमलव ५६ अंकले घटेको थियो । सोमबार कारोबार मापक नेप्से परिसूचक २७ दशमलव ४१ अंकले बढेको थियो । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेको थियो । बुधबार नेप्से परिसूचक ० दशमलव ५४ अंकले बढेको थियो । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव १३ अंकले बढेर २६ सय ८४ दशमलव ०१ विन्दुमा पुगी यस सातालाई बिदा गरेको छ ।

सेयर बजार कसैको नियन्त्रणमा हुँदैन : चन्द्र नारायण श्रेष्ठ, लगानीकर्ता

यस साता पनि सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा रु रु जलविद्युत परियोजना कम्पनी लिमिटेडका लगानीकर्ता अग्र स्थानमा छन् । त्यस पश्चात् धेरै कमाउने दोश्रो र तेश्रोमा क्रमश समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएपछि १० महिनासम्म रोक्का रहेको कम्पनीको कारोबार खुलेसँगै लगातार बढिरहेको छ ।

यस साता सबैभन्दा धेरै गुमाउनेमा विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ता अग्र स्थानमा रहेका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

सेयर सूचीकरणको कुरा गर्नुपर्दा यस साता नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । साहारा विकास बैंक लिमिटेडको १ लाख ६७ हजार ८ सय ८८ दशमलव ०४ कित्ता बोनस सेयर, गणपति लघुवित्त वित्तीय संस्थाको १ लाख ६६ हजार १ सय १७ कित्ता बोनस सेयर, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख २५ हजार ९९ दशमलव ५० कित्ता बोनस सेयर र प्राइम कमर्सियल बैंकको २ करोड ९ लाख ७७ हजार ८ सय ७४ दशमलव २५ कित्ता बोनस सेयर यस साता नेप्सेमा सूचिकृत भएको हो ।

याे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको