Like us!
Follow us!
Connect us!
Watch us!

कम्पनीका जिम्मेवार व्यक्तिहरु नै इन्साइडर ट्रेडिङमा संलग्न छन्ः लगानीकर्ता,शिवप्रसाद पौडेल

लगानीकर्ताको आवाज

सोमबार, ०३ जेठ २०७८, १६ : ०६ मा प्रकाशित

शिबप्रसाद पौडेल लामो समयदेखि नेपालको पूँजी बजारमा सक्रिय अनुभवी लगानीकर्ता हुन् । उनले अहिले कतिपय कम्पनीका जिम्मेवार व्यक्तिहरुले नै इन्साइडर ट्रेडिङ गरिरहेको आरोप लगाएका छन् । 

कतिपय कम्पनीका जिम्मेवार व्यक्तिहरुले नै कम्पनीका भित्रि सूचनाहरु चुहावट गरिरहेको आरोप पौडेलको छ ।

अहिले कोरानाका कारण व्यबसायका अन्य क्षेत्रहरु ठप्प हुँदा सबै क्षेत्रका लगानीकर्ताहरु सेयर बजारमा प्रबेश गरेको उनी बताउँछन्  । 

नेपालको सेयर बजार प्रबिधिमैत्री बन्दा अहिले नयाँ लगानीकर्ताहरुको आकर्षण बढेको बताउँछन् उनी । यो आर्थिक बर्षको १० महिना बितिसकेको र अब यो आर्थिक बर्ष सकिन केहि समय मात्र बाँकी भएकाले यो अवधिलाई बाली पाक्ने बेलाको रूपमा उनी ब्याख्या गर्छन् । 

अहिले नेपालको पूँजी बजारमा चलखेल बढिरहेको भन्दै लगानीकर्ताहरुले पनि कम्पनीको वित्तीय अवस्थाहरु हेरेरभन्दा पनि बजारको हल्लाको पछि लागेर लगानी गर्ने प्रबृति बढिरहेको उनी बताउँछन् । अहिले स्वार्थ समूहले बिभिन्न वित्तीय संस्थाहरुको बिचमा मर्जरको हल्ला चलाएर बजारलाई प्रभावित पारिरहेको उनको बिश्लेषण छ । 

नयाँ लगानीकर्ताहरुले कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नुपूर्व कम्तिमा पनि कम्पनीको लाभांश इतिहास, कम्पनीको नाफा नोक्सान, कम्पनीको प्रति सेयर आम्दानी र कम्पनीको अधिकत  न्यूनतम मूल्य अध्ययन गरेर लगानी गर्नुपर्ने उनको सुझाव छ । 

अहिलेसम्म बजार प्रबेश नगरेका र बजार प्रबेश गर्न चाहने लगानीकर्ताहरुका लागि अहिले उपयुक्त समय भएको उनको भनाई छ । अहिले अधिकांश कम्पनीहरुले तेस्रो त्रैमाससम्मको वित्तिय विवरणहरु प्रकाशन गरिसकेका छन् । अब लगानीकर्ताहरुले कम्पनीहरुको अहिलेसम्मको बित्तिय अवस्था अध्ययन गरेर राम्रो मुनाफा गरिरहेका कम्पनीहरुमा लगानी गर्नसके त्यसबाट राम्रो मुनाफा प्राप्त गर्न सकिने उनी बताउँछन्  । 

सेयर बजारमा लगानीकर्तामा सबैभन्दा बढी धैर्यता हुनपर्ने उनको भनाइ छ । सेयरमा गरिने दीर्घकालिन लगानीले राम्रो मुनाफा हुन सक्ने उनको अनुभव छ । कम्पनीको मूल्य बढेर कमाउने भन्दा पनि कम्पनीले वितरण गर्ने मुनाफाबाट राम्रो आम्दानी गर्ने उद्देश्यले लगानी गर्नु पर्ने उनी बताउँछन्  । 

सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि सेयर बजारमा अस्वस्थ चलखेल गर्ने व्यक्ति तथा समूहहरु तथा इन्साइडर ट्रेडिङमा संलग्न कम्पनीका विभिन्न ओहोदाका व्यक्तिहरुलाई पनि कारबाही गर्नुपर्ने बताउँछन् पौडेल ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको